२२ मंसिर २०८०, शुक्रबार

कांग्रेसले हिजो प्रजातन्त्र भन्थ्यो, आज प्रचण्ड भन्छ : ओली

लेखाजोखा न्यूज

८ असोज २०८०, सोमबार ५:११

काठमाडाैं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको प्रमुख पार्टी नेपाली कांग्रेस विचारबिहीन बन्दै गएको टिप्पणी गरेका छन्।

हिजो प्रजातन्त्र भन्दै हिड्ने कांग्रेस आज ‘प्रचण्ड’ भन्दै हिडिरहेको भन्दै  कटाक्ष गरेका छन् ।

एमाले बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सोमवार काठमाडौंमा सम्वोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसको अवस्था देख्दा कठैबरी भन्न मन लाग्ने बताएका हुन् ।
‘प्रचण्डको पछि लुरुलुरु हिड्नु भएको छ, नेपाली कांग्रेससँग न बिचार रह्यो न अडान, हेर्दा हेर्दै कस्तो बन्यो ? त्यो बेला प्रजातन्त्र भन्ने आज प्रचण्ड भन्ने अवस्थामा पुग्यो  । हिजो बीपीवाद भन्यो अहिले प्रचण्डपथ भन्न लाग्यो । कठैबरी हविगत हेर्दा टिठ लाग्छ !’ ओलीले भने ।
ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सरकारको कडा आलोचना गरे । ‘प्रधानमन्त्रीजीले संयुक्त राष्ट्रसंघमा गएर शान्ति प्रक्रिया सफल पार्न सहयोग गर्दिनुस् भन्नुभयो । उहाँबाट पीडित भएकासँग सहयोग माग्नु भएको छ–छैन ? उनीहरूसँग सहयोग नमागी विदेशीसँग सहयोग मागेर टुंगोमा पुग्छ ?’, उनले प्रश्न गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend