२२ मंसिर २०८०, शुक्रबार

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एमालेबाटै थपिए दुई मन्त्री र २ राज्यमन्त्री

लेखाजोखा न्यूज

८ असोज २०८०, सोमबार ४:५९

विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ।

काेशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई खानेपानी, सिँचाइ तथा ऊर्जा र धनकुटाका निरन राईलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्ति गरेका छन् ।

यस्तै कार्कीले सुनसरीका रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छन् ।

संविधानको धारा १६८ (३) अनुसार बनेको  एमाले अल्पमतको सरकारले आगामी असोज २० गतेसम्म विश्वासको मत लिइसक्नुपर्नेछ ।

उनले विश्वासको मत लिन नसके धारा १६८ को उपधारा (५) मा पुग्ने अवस्था छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend