२२ मंसिर २०८०, शुक्रबार

खुकुरी प्रहारबारे महेन्द्र यादवले भने- म काटिएर कांग्रेसका अरू नेतालाई जोगाएँ

लेखाजोखा न्यूज

८ असोज २०८०, सोमबार ४:४१

काठमाडाैं। कांग्रेस सह–महामन्त्री महेन्द्र यादवले आफू काटिएर पार्टीका अरू नेतालाई काटिनबाट जोगाएको बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा सोमवार बोल्दै यादवले कांग्रेसप्रति धेरै आक्रोश देखिँदा आफूमाथि खुकुरी प्रहार भएको बताएका हुन् ।

‘मेरो हत्या प्रयास गर्नेबारे अध्ययन गर्न इन्स्पेक्टरलाई कुरा गर्न पठाएँ । उहाँले महेन्द्र यादवलाई चिनेको थिइनँ, तर चार/पाँच दिन अगाडिदेखि कांग्रेसी काट्न खुकुरी लिएर हिँडेको छु भनेछन् । म आफू काटिएर अरू कांग्रेसीलाई काटिनबाट जोगाएँ,’ यादवले भने, ‘उसले जुन कुरा भनेको छ, यस्तो मात्रै हो त ? देशमा कांग्रेसले मात्रै शासन गरेको छैन । सबै पार्टी सरकारमा छन् । कांग्रेस मात्रै किन काट्न खोज्यो ? गहन छानबिन भएर जडसम्म जानुपर्छ । अब कुनै कांग्रेसी नकाटियोस् ।’

अहिले नेपालमा जति पनि आर्थिक समृद्धि र नागरिक अधिकार छन्, ती सबै कांग्रेसका कारण सम्भव भएको भन्दै उनले जनतालाई बुझाउन नसकिएको तर्क गरे ।

सहमहामन्त्री यादवमाथि भदाैं २० गते भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब अगाडि खुकुरी प्रहार भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend