२२ मंसिर २०८०, शुक्रबार

अधिवेशनमा प्यानल बनाए सबैको उम्मेदवारी खारेज गर्ने ओलीको चेतावनी

लेखाजोखा न्यूज

८ असोज २०८०, सोमबार ४:२४

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेश अधिवेशनमा प्यानल बनाएको थाहा पाए त्यो प्यानलका सबै उम्मेदवारहरुको उम्मेदवारी खारेज गर्ने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंमा वागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे चेतावनी दिएका हुन्।

ओलीलेले मिल्दा लोकतन्त्रको अभ्यास हुँदैन भन्ने नहुने तर्क गर्दै भने- ‘मिल्दा लोकतन्त्रको अभ्यास हुँदैन भन्ने हुँदैन । मिल्नु सबैभन्दा ठुलो लोकतन्त्रको अभ्यास हो।’

देश बनाउने र पार्टी एकजुट बनाउने कुरामा मिल्दा अलोकतान्त्रिक नहुने बताए।  ‘नेकपा एमाले लोकतान्त्रिक पार्टी हो । यहाँ कसैले चुनाव लड्छु भन्छ भने पाउँछ । लड्नुुस् । लड्न दिनुस्, स्वस्थ ढंगले लड्न दिनुस्’, ओलीले भने, ‘प्यानल बनाइएको थाहा भयो भने प्यानलको सिँगै उम्मेदवारी पनि खारेज हुनसक्छ ।’

उनले अध्यक्ष मण्डललाई त्यो अथोरिटी राखेर काम गर्न पनि निर्देशन दिए । ‘प्यानलमा होइन व्यक्ति लड्छ । प्यानलाइज गर्ने र दुई भागमा विभाजन गर्ने खालका काम कसैले पनि नगरौ, बन्द गर्नुस्’, ओलीले निर्देशन दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend