२२ मंसिर २०८०, शुक्रबार

कोशी प्रदेशको सुरक्षा सम्बन्धी छलफल हुँदै

लेखाजोखा न्यूज

८ असोज २०८०, सोमबार १०:५९
विराटनगर। कोशी प्रदेशको सुरक्षा अवस्थाको बारेमा छलफल गर्न आज सुरक्षा बैठक बस्दै छ।
बैठकमा मुख्य गरी कोशी प्रदेशका ६ जिल्लाको सुरक्षा अवस्था र रणनीतिको बारेमा छलफल गर्ने बताइएको छ।
विराटनगरको बिग होटेलमा आयोजना गरिएको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई तथा तीन वटै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुने छन्।
पछिल्लो समयमा कोशी प्रदेशमा देखिएका सामाजिक सद्भाव विपरीतका क्रियाकलाप, पहिचान आदि नाममा भइरहेको आन्दोलन र अन्य राजनीतिक गतिविधिले सुरक्षा चुनौती थपेको  छ। बैठकमा ती सबै विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख र सांसदसमेतले ब्रिफिङ लिने कार्यक्रम रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend