२२ मंसिर २०८०, शुक्रबार

सल्यानमा जिप दुर्घटना, दुईको मृत्यु एक घाइते

लेखाजोखा न्यूज

८ असोज २०८०, सोमबार ८:२३

सल्यान।  सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको छन् ।

कपुरकोट गाउँपालिका ३ चोर खोला  बिहान ६ बजे राप्ती राजमार्गमा रोल्पाबाट दाङ तर्फ तरकारी बोकेर जाँदै गरेको रा १ च. १०२५ नं. को जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठका अनुसार मृतकको सनाखत हुन सकेको छैन। घाइते दाङ तुल्सिपुर उ.प.म.न.पा. २ बस्ने ३५ वर्षीय नारायण योगीलाई उपचारका लागि  दाङतर्फ पठाउने कार्य भइरहेको  छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend