२२ मंसिर २०८०, शुक्रबार

सरकार र शिक्षक महासंघबीच भएको सहमतिमा राहत शिक्षक असहमति, आन्दोलन जारी राख्ने

लेखाजोखा न्यूज

५ असोज २०८०, शुक्रबार ६:३७

काठमाडाैं । सरकार र शिक्षक महासंघबीच भएको सात बुँदे सहमतिमा राहत शिक्षकले भने असहमति जनाएका छन् । राहत शिक्षकका माग पूरा नभएको भन्दै उनीहरूले आन्दोलन जारी राख्नेसमेत बताएका छन् ।

‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन । राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौँ । हामी विज्ञप्ति निकाल्छौँ’, राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले भने ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग बैठकमा राखिएको उनले बताए । राहत शिक्षकले आन्दोलन जारी राख्ने भएका छन् ।

‘माइतीघर मन्डलामा भोलि भेला हुन्छाैँ । ४० हजार शिक्षक आक्रमक रुपमा उत्रिन्छाैँ । शिक्षक महासंघबाट राजीनामा दिने कुरा भएकाे छ,’ राहत शिक्षकका महासचिव कुमार बजगाईले भने ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend