२२ मंसिर २०८०, शुक्रबार

कांग्रेससंग कांग्रेस डराउनुपर्ने अवस्था छ : डा. रावल

लेखाजोखा न्यूज

५ असोज २०८०, शुक्रबार ६:१९

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रणबहादुर रावलले कांग्रेस चौतर्फी घेराबन्दीमा परेको बताएका छन् । शुक्रवार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनले भने, ‘कांग्रेस अहिले पूर्ण घेराबन्दीमा छ । कांग्रेसभित्र पनि कांग्रेससँग कांग्रेस डराउनुपर्ने अवस्था छ ।’

सभापति शेरबहादुर देउवाको टावरिङ पर्सनालिटी हुँदाहुँदै पनि पार्टी यो अवस्थामा पुगेको उनको भनाइ छ । ‘अब पार्टी पङ्क्ति एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन । हामी एक हुन सकेनौँ भने तल्लो तहका कार्यकर्ताको मनोबल कमजोर हुन्छ । यसमा हामी गम्भीर हुनुपर्छ ,’ उनले भने ।

केही पार्टी एक हप्ता फेसबुक बन्द भए शून्यमा झर्ने बताए । ‘केही फेसबुके पार्टी छन् । एक हप्ता फेसबुक बन्द भए धेरै पार्टी शून्यमा झर्ने अवस्था छ । तर, हामीले तिनीहरूसँग समना गरिराख्नु परेको छ । हाम्रा साथीहरूले अहिलेको प्रविधिलाई प्रयोग गर्न जरुरी छ ,’ उनले भने ।

शिक्षकको जायज माग सम्बोधन गरेर अगाडि जानुपर्ने उनको भनाइ थियो । सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार हुँदा समेत सरकार निरीह बनेको उनले बताए । उनले भने, ‘हाम्रो पार्टी यो सरकारसँग छ। कांग्रेसको नेतृत्वमा यो सरकार बनेको हो।

अहिलेको अवस्था जर्जरको छ। यसलाई कसरी सुधार्ने रु शान्ति सुरक्षाको कुरा गर्दा हाम्रो सह महामन्त्रीमाथि खुकुरी प्रहार भएको छ। यस्तो अवस्थामा सरकार निरीह अवस्थामा छ। यस्तो भोलि हाम्रो अन्य साथीहरूलाई पनि पर्न सक्छ। ’ नेताहरूलाई त सुरक्षा छैन भन्दै जनतामा त्रास रहेको उनले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend