काठमाडाैं । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सुन काण्डमा मुछिएर पनि उन्मुक्ति पाइरहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि अनुसन्धान भएको विषय उठेको छ । कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले यो विषय उठाएका हुन् ।
बैेठकको दोस्रो दिन उनले सुन काण्डमा विभेद भइरहेको बताए । पार्टी मुख्यालय सोनपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले यसप्रति सचेत हुनुपर्ने बताए ।
‘सुन काण्डमा विभेद भइरहेको छ । हामी सरकारमा छौं । बाउ र छोरालाई कारबाही नगर्ने अरु राजनीतिक दलहरूलाई पूर्वाग्राही हिसाबले व्यवहार भैरहेको छ । यसले राम्रो सन्देश दिएरहेको छैन । हामी सचेत हुनुपर्छ,’ उनले भने ।
भेपमा लुकाएर ल्याइएको ९ किलो सुन प्रकरणमा जोडिएका माओवादी नेता कृष्णबहादुर महराका बाउछोरालाई समान्य सोधपुछ समेत नगरेको र नक्कली भुटानी शरणार्थी प्रकरणमा विना उजुुरी कांग्रेस नेता बालकृष्ण खाँण थुनामा पुगेकोमा कांग्रेस नेताहरू असन्तुष्ट छन् ।