२२ मंसिर २०८०, शुक्रबार

आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता जारी

लेखाजोखा न्यूज

५ असोज २०८०, शुक्रबार ४:३७

काठमाडाैं । प्रस्तावित विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता जारी छ। बिहीबार तीन चरणमा भएका वार्ता निष्कर्षहीन भएपछि आज पुनः गृह मन्त्रालयमा वार्ता सुरु भएकाे हाे।

बिहीबारको छलफलमा शिक्षकले आफूहरूले उठाएका माग र विधेयक संशोधनमा लिखित सहमति गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर, सरकार पक्ष त्यसमा तत्पर नभएको महासंघको आरोप छ। शिक्षामन्त्री अशाेककुमार राईले शिक्षकका उपयुक्त माग पूरा गर्न सरकार तयार रहेको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend