२२ मंसिर २०८०, शुक्रबार

कांग्रेसलाई माओवादीले नै भष्टाचारीको पार्टीको रुपमा स्थापित गर्न खाेज्याे : डिला संग्रौला

लेखाजोखा न्यूज

५ असोज २०८०, शुक्रबार १:५३

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले सरकारमा कांग्रेस भएपनि सरकारमा रहेको अनुभूति लिन नसकेको बताएकी छिन्।

कांग्रेसको केन्द्रीय समिति बैठकमा आफनो धारणा राख्दै उनले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस भएपनि सरकारमा नरहेको जस्तो अनुभूति हुन थालेको बताएकी हुन् ।

भष्ट्राचारको फाइल खोल्ने क्रममा माओवादीले एक्लै हिड्न खोजेको र कांग्रेसलाई माओवादीले नै भष्टाचारीको पार्टी भएको आरोप लगाउन थालेकोमा गम्भिर असहमति जनाइन् ।

‘हामी सरकारमा छौं, संसदको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको भए पनि सरकारको जस अपजस हाम्रो पनि भागमा पर्ने गरेको छ ,’ नेतृ संग्रौलाले भनिन्,‘सरकार हाम्रो छ, सरकार हाम्रो छैन । केही कुराहरुमा माओवादी केन्द्र एक्लै अगाडि बढ्न खोजेको जस्तो पनि देखिन्छ । अहिले भ्रष्टाचारका फाइल खोलेर माओवादीले मात्रै जस लिएको जस्तो देखिएको छ । अहिले माओवादीले नेपाली कांग्रेसलाई भ्रष्टाचारीकाे समर्थक पार्टीको रुपमा स्थापित गर्नका लागि लागेको देखिन्छ। तर, हामीले भ्रष्टाचारविरुद्ध चालेका कदमहरुको बारेमा जनतालाई बुझाउनका लागि अझ बढी मेहनत र जनतासँग जोडिएर कार्यक्रम गर्नुपर्ने अवस्था आइसकेको छ ।’

जनताले सरकारको अनुभूति हुन नसकेको कुरा पटक पटक बताउँने गरेका भन्दै उनले त्यो कुरा आफुहरुले पनि महशुस गर्न थालेको बताइन् ।

अहिले फेरि सरकार परिवर्तन, मन्त्रीहरु हेरफेर जस्ता कुराहरु आइरहेको पनि उनलेब ताइन् । त्यसमा खास के हो भन्दै उनले प्रश्न पनि गरिन् । ‘यस विषयमा पनि सभापति र पदाधिकारीहरुले प्रष्टसँग जवाफ दिनु पर्छ,’ उनले भनिन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend