२२ मंसिर २०८०, शुक्रबार

सरकार र शिक्षकबीच वार्ता जारी, महासंघको वार्ता टोली नहुँदा सहमति जुटाउन समस्या

लेखाजोखा न्यूज

५ असोज २०८०, शुक्रबार १:४१

काठमाडौं।सरकार र आन्दोलनरत् शिक्षकहरू बीचको वार्ता गृह मन्त्रालयमा जारी रहेकाे छ।

बिहानैदेखि वार्ता भइरहँदा पनि अझै सहमति भने जुट्न नसकेको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

शिक्षक महासंघको छुट्टै वार्ता टोली नहुँदा थप छलफल गर्नमा समस्या भएको शिक्षामन्त्री अशोककुमार राईकाे सचिवालयले जनाएकाे छ।

वार्तामा गृहमन्त्री,शिक्षामन्त्री,नेपाल शिक्षक महासंघका प्रतिनिधिलगायत पदाधिकारीहरू सहभागी छन्।

सरकारबाट भने आज नै जसरी पनि वार्ता टुंग्याउने पक्षमा रहेकाे छ।

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरूसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन्।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक विरूद्ध असोज ३ गतेदेखि देशभरका शिक्षकहरू आन्दोलित छन्। सामुदायिक विद्यालय नै बन्द गरी आज पनि उनीहरू माइतीघर मण्डलामा आन्दोलनमा सहभागी भइरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend