२२ मंसिर २०८०, शुक्रबार

फेसबुके पार्टीले कांग्रेसमाथि ठूलो चुनौती थपेका छन् : इश्वरी न्यौपाने

लेखाजोखा न्यूज

५ असोज २०८०, शुक्रबार १:३३

काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्यले इश्वरी न्यौपाने नयाँ दलहरुलाई फेसबुके पार्टी संज्ञा दिएकी छन्।

केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले फेसबुके पार्टी कांग्रेसमाथि ठूलो चुनौतीकाे रूपमा आएको बताएकी छन्।

उनले भनिन्, ‘हामी जनताको बिषयमा बोल्नुपर्ने हो। हामी हाम्रो बिषयमा कति बोल्ने ? हाम्रो लागि अहिले च्यालेन्ज धेरै छन्। अहिले फेसबुके पार्टी आइसके। त्यो सातदिनमा बन्द त हुँदैन होला नि। फेसबुकमा हाम्रो सहमहामन्त्रीलाई खुकुरी हानेको बिषय हेर्नुहुन्छ भने एउटालाई मात्रै होइन अरुलाई पनि छप्पाइदिए हुन्छ भन्ने आइरहेका छन्, समाज कतातिर जाँदैछ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend