२२ मंसिर २०८०, शुक्रबार

शिक्षकहरू विद्यालय बन्द गरेर सडकमा आउँन बाध्य हुनु दुर्भाग्य हो : शेखर कोइराला

लेखाजोखा न्यूज

५ असोज २०८०, शुक्रबार १:२४

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकहरूका माग तत्काल सम्बाेधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार समाजिक सञ्जाल मार्फत उनले शिक्षकहरूका केही माग व्यवहारिक, कानुनी र संवैधानिक भएको भन्दै सम्बाेधन गर्न आग्रह गरेका हुन्।

उनले शिक्षा विधेयकमा आवश्यक प्रावधान समेटेर उनीहरूको आन्दोलन सहमतिमा टुंगो लगाउन आग्रह गरेका छन् ।

कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहेका शिक्षकहरू विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउन बाध्य हुनु दुर्भाग्य भएको बताएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend