२२ मंसिर २०८०, शुक्रबार

क्रिकेट संघको नयाँ नेतृत्वका लागि चुनावी साधारण सभा आज

लेखाजोखा न्यूज

५ असोज २०८०, शुक्रबार ११:३४

काठमाडाैं। नेपाल क्रिकेट संघ (क्यान)को चुनावी साधारणसभा आज हुँदै छ।

काठमाडौंको बालुवाटारमा रहेको आम्रपाली ब्यांकेटमा आज दिउँसो साधारणसभाको उद्घाटन गर्ने कार्यतालिका रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

साधारणसभाको उद्घाटन मध्यान्ह साढे १२ बजे कार्यवाहक प्रधानमन्त्री पुर्णबहादुर खड्काले गर्ने छन्।

भोलिसम्म चल्ने साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ। क्यानको चुनावी साधरणसभामा ८६ जनाले सहभागीता जनाउने छन् त्यसका लागि सबै प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्द नै दोहोरिने छन् भने सचिवमा पारस खड्काको सम्भावना रहेको छ । विधान संशोधन गरेर पदाधिकारीको संख्या थप गर्ने तयारी पनि गरिएको छ । तर यस विषयमा सहमति भने जुटेको छैन । चुनाव भन्दा पनि नेतृत्व सर्वसम्मत बनाउने गरी प्रयास भइरहेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend