२२ मंसिर २०८०, शुक्रबार

मिडियाका बादशाह रुपर्ट मर्डकद्वारा फक्स र न्यूज कर्पको अध्यक्षबाट राजीनामा

लेखाजोखा न्यूज

५ असोज २०८०, शुक्रबार ११:०३

एजेन्सी। अमेरिकी सञ्चार उद्यमका बादशाहको रुपमा चिनिने रुपर्ट मर्डक कम्पनीको जिम्मेवारीबाट हट्ने निर्णय गरेका छन् ।

न्युज कर्प र फक्स न्युजको अध्यक्षबाट हट्दै मर्डकले सवै जिम्मेवारी छोरालाई दिएका हुन् ।

मर्डकले सवै जिम्मेवारी छोरा लकलन मर्डकलाई सुम्पने घोषणा कर्मचारीहरुमाझ गरेका हुन्। ९२ वर्षिय मर्डकले कम्पनी पनि आफू जस्तै स्वस्थ अवस्थामा रहेको भन्दै व्यवसायिक चुनौतीभन्दा अवसरहरु धेरै रहेको भन्दै नयाँ नेतृत्वल ती अवसरहरुलाई अझै राम्रोसंग समात्ने विश्वास ब्यक्त गरेका छन्।

अमेरिकाभित्र सर्वाधिक दर्शक रहेको फक्सन्युज मर्डकले सन् १९९६ मा फक्स न्यूज संचालनमा ल्याएका थिए । चार वटा विवाह गरेका मर्डकका ६ जना सन्तान छन् । तर कम्पनीको जिम्मेवारी भने दोस्रो श्रीमती अन्ना डिपेस्टरतर्फका छोरा ५२ वर्षीय छोरा लकलन मर्डकलाई दिएका हुन् ।

पहिले कम्पनीमै रहेका अन्य तीन सन्तान बाउसंगको विवादपछि लाखापाखा लागेका छन् भने दुई छोरी ग्रेस र चोएल भर्खर कलेज पढ्ने उमेरका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend