२२ मंसिर २०८०, शुक्रबार

फेरि ३४ पानाको राहदानी वितरण

लेखाजोखा न्यूज

५ असोज २०८०, शुक्रबार ७:३२

काठमाडौं। राहदानी विभागले फेरि ३४ पानाको राहदानी वितरण गर्ने भएको छ।

अर्को सातादेखि ३४ पानाको राहदानी वितरण हुने जानकारी विभागले दिएको छ ।

विभागका प्रवक्ता कुमार राईका अनुसार ३४ पानाको राहदानीका लागि असोज १ देखि आवेदन खुला गरिएको छ। अब भरिएको आवेदन अनुसार अर्को साता इनरोलमेन्टका लागि मिति प्राप्त गरेकाले पहिलेकै शुल्क १२ हजार रुपियाँमा द्रुत सेवामार्फत राहदानी पाउने राईले बताए। पुरानै कम्पनीसँग विभागले गरेको सम्झौता अनुसार अर्को साता २८ लाख प्रति राहदानी नेपाल आइपुग्ने भएको छ ।

३४ पानाको राहदानीको मौज्दात सकिएपछि गत असार ३ देखि विभागले ६६ पानाको राहदानी ३४ पानाकै शुल्कमा वितरण थालेको थियो। तत्कालको अभाव पूर्तिका लागि धेरै मौज्दात रहेको ६६ पानाको राहदानी ३४ पानाकै शुल्कमा वितरण गरिएको थियो । यो सातासम्ममा ६६ पानाको राहदानीको मौज्दात सकिने अनुमान विभागले गरेको छ ।

सामान्य ३४ पानाको राहदानीको वितरण हुने भएकाले सो विकल्प अनुसार नयाँ राहदानीका लागि अनलाइन आवेदन गर्नका लागि विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend