२२ मंसिर २०८०, शुक्रबार

कामेश्वरी माविले आन्दोलनमा गएका शिक्षकलाई यातायात खर्च दिने

लेखाजोखा न्यूज

५ असोज २०८०, शुक्रबार ७:००

अछाम। अछामको एक विद्यालयले आन्दोलनमा गएका आफ्ना शिक्षकलाई यातायात खर्च दिने भएको छ।

जिल्लाको तुर्माखाँद गाउँपालिकामा रहेको कामेश्वरी माविबाट शिक्षक आन्दोलनमा गएका दुई जना शिक्षकको यातायात खर्च विद्यालयको आन्तरिक कोषबाट दिइने घोषणा गरिएको हो।

विद्यालय शिक्षा विधेयक विरुद्धको आन्दोलनमा गएका विद्यालयका दुई जना शिक्षकलाई काठमाडौँ जाने–आउने बस भाडा दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज न्यौपानेको बताए। दुई जनाको आठ–दश हजार खर्च विद्यालयको आन्तरिक कोषबाट दिने उनले जानकारी दिए।

शिक्षित नागरिक उत्पादन गर्ने शिक्षकले गुणस्तरीय शिक्षा निर्माणका लागि विधेयकलाई सच्चाउन गरिएको मागमा विद्यालयको समर्थन रहेको उनकाे भनाइ छ। सामुदायिक विद्यालय शिक्षालाई बलियो र गुणस्तरीय बनाउन विद्यालय व्यवस्थापन समितिको स्पष्ट भूमिका हुनुपर्ने अध्यक्ष न्यौपानेको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend