२२ मंसिर २०८०, शुक्रबार

कांग्रेस सभापती देउवाद्वारा ८ जना केन्द्रिय सदस्य मनोनीत, को-को परे ?

लेखाजोखा न्यूज

४ असोज २०८०, बिहिबार २:२५

काठमाडौँ । नेपाली कांग्रेसले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमामानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह
(रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) रहेका छन् ।

No description available.

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend