२२ मंसिर २०८०, शुक्रबार

अजरबैजान र अर्मेनियाबीच युद्ध, २५ जनाको मृत्यु

लेखाजोखा न्यूज

३ असोज २०८०, बुधबार १०:१८

काराबाख। अजरबैजानले अर्मेनियाविरुद्ध फेरि युद्ध सुरु गरेको छ। 

रोयटर्सका अनुसार अजरबैजानले मंगलबार अर्मेनिया नियन्त्रित काराबाखमा शृङ्खलाबद्ध आक्रमण गर्दा २५ जना मारिएका छन्।

आर्मेनियाली अधिकारीले अजरबैजानले गरेको आक्रमणमा १३८ जना घाइते भएको जनाएका छन्।

अजरबैजानले अर्मेनियाका धेरै क्षेत्रहरूलाई निशाना बनाएको थियो। जसमा आर्मेनियाको नियन्त्रणमा रहेको नागोर्नो काराबाख क्षेत्र पनि समावेश छ।

अजरबैजानले सो क्षेत्र कब्जा गर्ने उद्देश्यले आक्रमणलाई तीब्र बनाएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend