५ असोज २०८०, शुक्रबार

संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ६७० कैदीको बाँकी सजाय माफी

लेखाजोखा न्यूज

२ असोज २०८०, मंगलबार ७:३६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिदिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम भोलिदेखि लागु हुने गरी संविधान दिवसको अवसरमा माफी मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भीमबहादुर खवास, हर्कबहादुर लिम्बु, समदिन मियाँसहित ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिएको हो ।

3.1-कैद-कट्टा-सजाय-माफी_विज्ञप्ति_2080-6-3-1695126454.jpg

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend