डडेल्धुरा । डडेल्धुराकाे परशुराम नगरपालिका वडा.न.६ ले वडावासिलाई ५ हजार दाहसंस्कार खर्च दिने भएको छ ।
वडा.न.६ काे दाेस्राे वडा बैठकको निर्णय अनुसार वडामा कालगति र अन्य कारण वाट मृत्यु हुन गएमा दाहसंस्कार खर्च स्वरुप रु ५ हजार दिने निर्णय गरेकाे वडा अध्यक्ष खगेन्द्र वहादुर सिहले जानकारि दिए ।
वाढि पिडित वडा र आर्थिक अवस्था कमजोरीका कारण समस्या सृजना हुन सक्ने दाहसंस्कार गर्न दाउरा सहित अन्य सरसामान खरिद गर्न रु ५ हजार सहयाेग गर्ने निर्णय गरेकाे उनले जानकारी दिए ।
२०७४ मा पहिलाे पटक र २०७९ मा दाेस्राे पटक वडा अध्यक्षमा निर्वाचित खगेन्द्र सिह पृथक र नया,युवा,महिला,राेजगार,कृषि उत्पादन सिपमुलक कार्य गरि जनतामाझ लाेकप्रिय छन ।
वडा.न ६ काे विपदकाेष रकम वाट मृतक परिवारलाई रु.५ हजार दाहसंस्कार स्वरुप प्रदान गरिने नया र फरक निर्णय अध्यक्ष खगेन्द्र सिहकाे रहेकाे पाईएकाे छ ।
आफू दाेस्राे कार्यकाल वडाअध्यक्षमा वडाका नागरिक,जनताकाे माया र मतले भएको सुनाउदै उनले मेराे बुद्दि विबेक र क्षमता अनुसार जनमुखि काममा रहेकाे अध्यक्ष सिहले वताए ।
यस पुर्व वाढि पिडित,सिमलखेत मासानिथान तटबन्ध विभिन्न सरकारि तथा गैरसरकारी संघ संस्थाहरुकाे सहयाेगमा ,कृषकहरुलाइ नि:शुल्क उपकरण, र विसादि वितरण,कृषकलाई बिधुत महसुल नि:शुल्क,विपद पुर्व तयारि तथा प्रतिकार्य उद्दार , उत्कृष्ठ बिद्यार्थी छात्रवृत्ति,शिक्षक र स्वास्थ्यकर्मिलाई प्राेत्साहन जस्ता जनमुखि कामले उनकाे वडामा लाेकप्रियता वढ्दाे छ भने , दाहसंस्कार ५ रकम दिने निर्णयले झन चर्चा वढेकाे पाइन्छ ।
याे निर्णय वडा वासिकालागि निकै राम्राे भएको वडा.न.६ का स्थानीय टेक धामिकाे भनाइ छ ।
पहिलाे र दाेस्राे कार्यकालमा वडा अध्यक्षका जे जति याेजना कार्यक्रम छन जनमुखि रहेकाे धामिले गाउँघरन्युज लाई वताए