५ असोज २०८०, शुक्रबार

शेखरले बोलएको बैठकमा गएनन् विश्वप्रकाश र प्रदीप

लेखाजोखा न्यूज

२ असोज २०८०, मंगलबार ४:३१

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहको बैठक अहिले जारी छ । समूहका नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बैठक बसिरहेको हो ।

बैठकमा उनीनिकट केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल पनि उपस्थित हुने जानकारी गराइएको थियो । तर, दुवै नेता शेखरले बोलएको बैठकमा गएका छैनन् ।

“बोलाउँदा आउँछौँ भन्नुभएको थियो । तर, उहाँहरु आउनुभएको छैन,” बैठकमा सहभागी एक नेताले भने, “प्रदीपजी नेपालबाहिर भन्ने कुरा आयो । विश्वजीले बैठकमा आउँछु भन्ने वचन दिएर उपस्थित हुनुभएन ।”

पार्टीको असोज ४ गते केन्द्रीय समिति बैठक बस्दै छ । बैठकको तयारी स्वरुप शेखरले आफूनिकटलाई बोलाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend