११ असोज २०८०, बिहिबार

शिक्षकलाई वार्तामा आउन मन्त्री राईको आह्वान

लेखाजोखा न्यूज

२ असोज २०८०, मंगलबार ३:२६

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनमा उत्रिएका शिक्षकलाई वार्तामा आउन आह्वान गरेका छन् । प्रस्तावित शिक्षाा विधेयकप्रति विरोध जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकलाई वार्तामा आउन मन्त्री राईले आह्वान गरेका हुन् ।

मंगलबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न प्रयत्न भइरहेको जनाउँदै वार्तामा आउन आह्वान गरेका हुन् ।

ऐन कानुनविना लोकतन्त्रको अभ्यास नहुने भन्दै संविधानको कार्यान्वयनका लागि शिक्षा ऐन पारित हुनुपर्ने जिकीर गर्दै उनले वार्तामार्फत समस्या समाधान गरिने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend