५ असोज २०८०, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भर फेरि डाउन, सयौं यात्रु प्रभावित

लेखाजोखा न्यूज

२ असोज २०८०, मंगलबार २:०३

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर बिग्रिँदा (डाउन) अन्तर्राष्ट्रिय उडानतर्फ सयौँ यात्रुहरूको उडान प्रभावित भएको छ।

विदेशबाट स्वदेश फर्किँदै गरेका सयौँ यात्रु अध्यागमन कार्यालयबाट विमानस्थल बाहिर निस्किन पाएका छैनन्।

अध्यागमनको सर्भर डाउन भएपछि प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य तीन घण्टा यतादेखि प्रभावित छ। अध्यागमनको सबै प्रणाली कम्प्युटरराइज्ड भएकाले सर्भर नचले सेवा ठप्प हुन्छ। जसका कारण विमानहरू समयमै उड्न पाएका छैनन् भने विमानस्थल आइपुगेका यात्रु र विमानहरू समस्यामा परेका हुन्।

कम्तीमा तीन वटा उडानका सयौँ यात्रुको उडानमा ढिलाइ भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

मंगलबार बिहान सवा ९ बजेदेखि बिग्रिएको सर्भर अझै बनिसकेको छैन। सर्भर बिग्रिएका कारण अध्यागमनका कर्मचारीले हातले लेखेर भिसा सम्बन्धी सेवा दिइरहेका छन्। सर्भर बिग्रिँदा बायोमेट्रिक रेकर्ड राख्न नसकिने हुँदा यो जोखिमपूर्ण रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend