५ असोज २०८०, शुक्रबार

५ पटक प्रधानमन्त्री भएको मान्छेलाई पनि ६ पटक किन भएन भन्ने तनाव छ : गगन थापा

लेखाजोखा न्यूज

२ असोज २०८०, मंगलबार १:२१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सधैं सफलताको भोक राख्नुपर्ने बताएका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताएका हुन।

उनले जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने रहेको बताए। उनले ह

उनले भने,‘जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने हो । तपाईहरुले सफलताको भोक पनि राख्नुस्। परीक्षा छ भनेर घरबाट निस्किने बेलामा विद्यार्थीहरु तनावमा रहने गर्दछन्। म अहिले चुनाव जितेर सांसद छु, मलाई अब ४ वर्षपछि कसरी चुनाव जित्ने भन्ने तनाव छ। ५ पटक प्रधानमन्त्री भएको मान्छेलाई ६ पटक किन भएन भन्ने तनाव छ। अहिले भएको प्रधानमन्त्रीलाई भरे बेलुका प्रधानमन्त्री खुस्केला की भन्ने तनाव छ। सबै मान्छे जीवनमा बिहानदेखि बेलुकासम्म तनावमा बाच्ने रहेछन्। सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्छ। काम गर्ने हो तर फलको आश नगर्ने हो। कर्म इमान्दारिताका साथ गर्नुपर्छ।’ इमान्दारिताका साथ काम गर्न र फलको आश नगर्न विद्यार्थीलाई आग्रह गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend