५ असोज २०८०, शुक्रबार

वडा-वडामा समिति गठनका लागि रास्वपाले गर्यो उम्मेदवारी आह्वान

लेखाजोखा न्यूज

२ असोज २०८०, मंगलबार १:०९

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनलाइनमार्फत् वडा-वडामा समिति गठनको प्रक्रिया सुरु गरेको छ।
मंगलबार ९असोज २० देखि असोज २० गतेसम्म मनोनयन दर्ताका लागि रास्वपाले सूचना जारी गरेको हो।
पार्टीको वेबसाइटमा अनिवार्य अद्यावधिक भएका वडाबाहेकका वडामा आफ्नो सदस्यता विवरणमा मतदाता परिचयपत्र अनलाइनमार्फत् अपलोड गरी पार्टी सदस्यता लिएका सबैले वडा समितिमा रहनको लागि उम्मेदवारी दिन सक्ने जनाइएको छ। उम्मेदवारी दिनेले पार्टीको आरएसएस एपमा क्लिक गरेर रु १०० शुल्कसहित उम्मेदवारी दिनुपर्नेछ।

असोज २१ देखि कात्तिक ९ सम्म दाबीविरोध र १६ गतेसम्म मतदानको तालिका निर्धारण गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

उनले कात्तिक २० गते निर्वाचनको परिणाम सार्वजनिक गरिने जानकारी दिए।

वडा समितिमा १ जना, महिला ४ जना, ६ जना ४५ वर्षमुनिका युवासहित ११ जना निर्वाचित सदस्य हुनेछन्।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend