काठमाडौं । शेखर कोइराला समूहको बैठकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सहभागी नहुने भएका छन्।
नेता कोइरालाले आज दिउँसो २ बजे आफ्नो सम्पर्क कार्यालयमा आफू पक्षीय पदाधिकारी केन्द्रीय सदस्यको बैठक बोलाएका छन्।
कोइरालाको सचिवालयले महामन्त्री शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पहिलो पटक समूहको बैठकमा आमन्त्रण गरेको थियो ।
महामन्त्री गगन थापासँग जोडिएर काम गर्दै आए पनि इतरसमूहको बैठकमा महामन्त्री शर्मा र नेता पौडेल औपचारिक रुपमा अहिलेसम्म सहभागी भएका छैनन्।
१४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको ‘प्यानल’ बाट शर्माले महामन्त्री जित्दा सभापति शेरबहादुर देउवाको प्यानलबाट पौडेल महामन्त्रीमा प्रतिस्पर्धामा उत्रिएका थिए ।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहमा रहेका पौडेल महामन्त्रीमा पराजित भएपछि लामो समय संस्थापन पक्षमा टिकेन। संसदीय दलको नेतामा सभापति देउवाविरुद्ध उभिएका महामन्त्री थापालाई शर्मा र पौडेल दुवैले साथ दिएका थिए ।
पार्टीको महामन्त्री केन्द्रीय समिति बैठकअघि गुटको बैठकमा सहभागी हुने कुरा उपयुक्त नहुँने भन्दै दुबै नेता उक्त बैठकमा नजाने भएका हुन्।
केन्द्रीय कार्यसमिति बैठकअघि संस्थापनइतर समूहको बैठक बस्न लागेकाे हाे