११ असोज २०८०, बिहिबार

भारत लैजान लागिएका ३ बालकको उद्धार

लेखाजोखा न्यूज

२ असोज २०८०, मंगलबार ९:०८

झापा । झापाको काँकडभिट्टा–पानीटंकी नाकाबाट भारत लैजान लागिएका तीन नेपाली बालकको उद्धार गरिएको छ ।

अपरिचित व्यक्तिले ललाईफकाई भारत लैजाँदै गरेका ती बालकहरूलाई भारतीय एसएसबीले सीमा नाकाबाटै उद्धार गरेको हाे।

उद्धार गरिएका बालकहरूलाई एसएसबीले सशस्त्र प्रहरीलाई जिम्मा लगाएको छ ।

मेचीनगर नगरपालिका– १० स्थित धुलाबारी पाथीभरा टोलका १५ वर्षीय विशाल दनुवार, १२ वर्षीय युवराज तामाङ र १२ वर्षीय सूर्य चौधरीको उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी दिनेश कटुवालले जानकारी दिए ।

बालकहरूलाई भारततर्फ लगिरहेको सूचना पाएलगतै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले तत्काल भारतीय एसएसबीसँग समन्वय गरेको थियो ।

एसएसबीले उद्धार गरेका बालकहरूलाई सोमबार राती साढे ८ बजे सशस्त्रलाई जिम्मा लगाएको डीएसपी कटुवालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend