११ असोज २०८०, बिहिबार

पहिरो पीडितलाई लायन्सको राहत

लेखाजोखा न्यूज

१ असोज २०८०, सोमबार ४:१५

दोलखा।दोलखाको गौरिशंकर गाउँपालिका वडा नं. ७ र ८ का पहिरो पीडितलाई लायन्स क्लवले राहत वितरण गरेको छ।

गत श्रावण १८ गते पहिरो जाँदा ६३ घरपरिवार विस्थापित हुनुका साथै ४ जनाको घटनाथलमा नै मृत्यू भएको थियो ।

पहिरो पीडित ६३ घर परिवारका दुई सय १२ जनालाई ‘लाइन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ डि’ को समन्वय र लायन्स क्लब इन्टरनेशनल फाउन्डेशन (एलसिआइएफ) काे सहयोगमा २० लाख बराबरको राहत सामग्री वितरण गरिएकाे हाे।

गौरिशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, ७ र ८ नम्वरका वडाध्यक्ष र नेपाल प्रहरीको रोहवरमा विभिन्न २६ प्रकारका सामग्री वितरण गरिएकाे लाइन्स क्लवका डिस्ट्रिक गर्भनर रमेश लामाले जानकारी दिए।

जसमा प्रत्येक घर परिवारलाई नुन, तेल, चामल, ओड्ने आछ्याउने कपडा, ग्यासचुलो लगायत अन्य भान्सालाई चाहिने सम्पूर्ण जिन्सि सामग्री वितरण गरेको गर्भनर लामाले बताए। पीडितको घाउँमा थोरै भएपनि महल लगाउन राहत सामग्रीले सहयोग पुगेको भन्दै लाइन्स क्लवका समूहलाई पालिका प्रमुख कार्कीले धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend