काठमाडौं । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको रौनक देशभरका शिवालयमा देखिएकाे छ।
तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।
पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको छ पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषल ६ः०० बजे अगाडि नै दर्शन गराइएको थियो। बिहान ६ः०० बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ।
पशुपतिनाथको दर्शन गर्न हजारौँको संख्यामा आएका महिलाहरु पुजापाठसँगै नाचगान पनि गरेर रमाइरहेका छन्।
आज काठमाडौं उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ । यस्तै, उपत्यका बाहिरका शिवालयहरूमा पनि व्रतालुहरूको घुइँचो लागेको छ ।






