तानसेन। पाल्पामा गएराति तिनाउ गाउँपालिका–२ घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको छ।
तीजको गीतमा नाच्ने विषयमा झगडा हुँदा चक्कु प्रहार गरी खत्रीको हत्या भएको हाे।
प्रहरीले यो घटनामा संलग्न रहेको भन्दै ४ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
गएराती तिनाउ गाउँपालिका-२ दोभान, घोडेबासका विवाद हुँदा २४ वर्षीय सुनिल खत्रीमाथि चक्कु प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए।
स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्नेक्रममा सामान्य झगडा हुँदा राति साढे १२ बजे ती युवकमाथि धारिलो हतियार चक्कु प्रहार भएको थियो ।
गम्भीर घाइते खत्रीलाई उपचारका लागि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
स्थानीय महिला नाचिरहेका बेला ती युवाहरुबीच सामान्य झगडा भएको थियो । त्यही विषयलाई लिएर पुनः झगडा भएको बुझिएको छ ।
झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको चन्दले बताए ।