५ असोज २०८०, शुक्रबार

लिबियामा हिलोमा पुरिएका हजारौं शवबाट महामारी फैलिने खतरा

लेखाजोखा न्यूज

१ असोज २०८०, सोमबार ९:१२

डेर्ना। बाढीग्रस्त लिबियामा स्वास्थ्य संकटको जोखिम बढेको छ ।

बाढीबाट मृत्यु भएकाकाहरुको शव अझै पुर्ण रुपमा संकलन गर्न मुश्किल भएका कारण स्वास्थ्य महामारीको संकट आउन सक्ने चेतावनी जारी गरिएको हो । बाढीबाट बढी प्रभावित सहर डेर्नामा अझै आवासिय क्षेत्रका हिलोमा शवहरु रहेको र ती क्षेत्र खाली नगरे स्वास्थ्य समस्या देखिन सक्ने बताईएको छ । लिबियामा आएको बाढीमा परि अहिलेसम्म ११ हजार ३ सय बढीको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघले लिबियालाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । बाढीग्रस्त शहर डेर्नाको भ्रमण गर्नुभएका लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि अब्दुल्लाह बाथिलीले आर्थिक सहयोगको घोषणा गर्नुभएको हो ।

संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदन अनुसार उक्त शहरमा अझै १० हजार मानिस बेपत्ता छन् । ड्यानियल नामक आँधी पछी भारी बर्षाका कारण बाँध फुटेर शहरमा पसेपछी बिनास मच्चिएको हो । बाढीका कारण ४० हजार मानिस बिस्थापित भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend