काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ।
मोहम्मद सिराजको उत्कृष्ट बलिङमा भारतले श्रीलंकालाई १० विकेट पराजित गर्दै एसिया कप क्रिकेटको उपाधि जितेको हाे।
कोलम्बोमा आइतबार भएको फाइनल खेलमा भारतीय बलर सिराजले ६ विकेट लिएपछि श्रीलंका ५० रनमा अल आउट भएको थियो ।
श्रीलंका १६ औं ओभर पूरा नगर्दै अल आउट भएको थियो ।
प्रतिउत्तर ब्याटिङ गरेको भारतले ५१ रनको लक्ष्य सातौं ओभरमा पूरा गर्दै एशिया कपको उपाधि आठौं पटक उचालेको हो । टास हारेर बलिङ गरेको खेलमा भारतीय खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । सिराजले ७ ओभर बलिङ गर्दै २१ रन खर्चेर ६ विकेट लिएका थिए । सिराजले एकै ओभरमा श्रीलंकाका ४ खेलाडीलाई आउट गरेका थिए ।
त्यसैगरी भारतका लागि हार्दिक पाण्डेयले ३ र जसप्रित बुम्राहले १ विकेट लिएका थिए ।
श्रीलंकाका आधा ब्याट्सम्यानहरुले खातै खोल्न सकेनन् । ४ खेलाडीले दोहोरो अंक पार गर्न सकेनन् । श्रीलंकाका लागि सबैभन्दा बढी कुशल म्यान्डिसले १७ रन बनाए ।
भारतले आठौं पटक उपाधि उचालेको हो ।