५ असोज २०८०, शुक्रबार

टर्की इयुबाट अलग हुनसक्छ : राष्ट्रपति एर्दोगान

लेखाजोखा न्यूज

३१ भाद्र २०८०, आइतबार २:०१

एजेन्सी। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (इयु) बाट अलग हुनसक्ने बताएका छन्।

उनले आफूहरु आवश्यक परेमा युरोपेली ब्लकमा सामेल हुने प्रयास अन्त्य गर्ने बताएका छन्।

उनले युरोपियन युनियनले टर्कीसँग सम्बन्ध टुटाउन प्रयास गरिरहेको भन्दै आवश्यक भए यसमा मूल्यांकन गरेर आफूहरु इयुबाट अलग हुने बताए।
संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुपूर्व इस्तानाबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन।

उनले टर्कीले युरोपेली संसदले अपनाएको हालै सार्वजनिक प्रतिवेदन आफैँ मूल्यांकन गर्ने बताए। इयुले कानूनको मस्यौदा मात्रैले नपुग्ने भन्दै मस्यौदाको कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend