११ असोज २०८०, बिहिबार

अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु

लेखाजोखा न्यूज

३१ भाद्र २०८०, आइतबार १:४८

सुर्खेत। कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।‌

पञ्चपुरी नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ बस्दै आएकी ३० वर्षीय  जानकी रेग्मी अधिकारीको मृत्यु भएको हो ।

जानकीले २९ गते अस्पतालमा भर्ना भई शुक्रबार नै प्रसूति वार्डमा छोरा जन्माएको उनको परिवारले जनाएको छ ।

परिवारका अनुसार छोरा जन्मेपछि उनलाई जनरल वार्डमा राखियो, त्यति बेलासम्म अवस्था सामान्य थियो । छोरालाई दूध समेत खुवाएकी थिइन्, सोही वार्डमा एक्कासि बेहोस भइन्, अनि उनलाई आइसियुमा राखियो । शनिबार अस्पतालले एक्कासि मृत्यु भएको सुनायो।

बच्चा जन्माएको २४ घण्टामा सुत्केरीको मृत्यु हुनु अस्पतालको लापरबाही प्रमुख कारण रहेको पीडितहरूको आरोप छ। बच्चा अहिले आइसीयुमै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend