वासिगटन डिसी। अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता तय भएको छ ।
रुससँग युद्दरत युक्रेनलाई सैन्य सहायता दिदैँ आएको अमेरिकाका राष्ट्रपतिले समकक्षी जेलेन्स्कीबीच हुने भेटघाटलाई महत्वका साथ हेरिएको छ ।
आगामी बिहीबार हुने सो भेटवार्ताबारे अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइटहाउसले जानकारी दिदै युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्ने जनाएको छ ।
ह्वाइट हाउसका अनुसार सो क्रममा जेलन्सिकीले आर्थिक सहायता प्राप्तिका लागि अमेरिकी संसद्को पनि भ्रमण गर्नेछन।
बाइडेन प्रशासनले अमेरिकी संसद्मा युक्रेनका लागि २४ अर्ब डलर विनियोजन गर्ने प्रस्तावलाई अनुमोदन गर्नका लागि प्रस्ताव पेश गरिसकेको छ। १३ अर्ब १० करोड अतिरिक्त सैन्य सहायता तथा आठ अर्ब ५० करोड मानवीय सहयोगमा खर्च गर्ने भन्दै बाइडेन प्रशासनले संसदसँग अनुमति मागिरहेको बेला जेलन्सिकीले अमेरिकी संसदको भ्रमण गर्न लागेका हुन्।