५ असोज २०८०, शुक्रबार

एसिया कप फाइनल आज : उपाधीका लागि भारत र श्रीलंका भिड्दै

लेखाजोखा न्यूज

३१ भाद्र २०८०, आइतबार ९:०५

काठमाडौं। एसिया कप २०२३ को फाइनल खेल आज हुँदैछ।

श्रीलङ्कामा हुने आजको अन्तिम खेलमा उपाधिका लागि भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुन लागेकाे हाे।

श्रीलंकाको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेबाट खेल सुरु हुनेछ । श्रीलंकाले गत संस्करण पाकिस्तानलाई फाइनलमा पराजित गरेको थियो ।

डिफेन्डिङ च्याम्पियन श्रीलंकाले यस संस्करणको समेत उपाधी जितेर सातौं पटक विजेता बन्न चाहन्छ ।

एसिया कपको सर्वाधिक सफल टोली भारत आठौं पटक च्याम्पियन बन्ने लक्ष्यमा छ। रोहित शर्माको कप्तानीमा सन् २०१८ मा अन्तिम पटक भारतले उपाधि जितेको थियो ।

एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदैछन्। यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो ।

सो फाइनलमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

यस अघि भारत र श्रीलंकाबीच सात पटक फाइनलमा भेट भएको छ । भारतले चार पटक फाइनल जित्न सफल भयो ।

शीर्ष चारमा भारतले श्रीलंकासँग कठिन जित निकालेको थियो ।

भारतले शीर्ष चारमा पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो । श्रीलंकाले भने बंगलादेश र पाकिस्तानलाई पराजित गरेको थियो ।

फाइनल खेल वर्षाका कारण रद्द भएमा सोमबार रिजर्भ डेको व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend