११ असोज २०८०, बिहिबार

भारतमा फैलियो खतरनाक मानिएकाे निपाह भाइरस, पाँच दिन स्कुल बन्द

लेखाजोखा न्यूज

३० भाद्र २०८०, शनिबार १:३१

नयाँदिल्ली। भर्खरै संसार कोरोना भाइरसको प्रकोपबाट बाहिर निस्केको छ तर अहिले फेरी अर्को खतरनाक भाइरसले चुनौती थपिदिएको छ । 

कोरोनाको छिटपुट मामिलाहरू बीच भारतकाे केरलामा एक भाइरस भेटिएको छ, जसले सबैको चिन्ता बढाएको छ। कोरोनापछि केरलामा निपाह भाइरसको संक्रमण देखापरेकाे छ । 

केरलामा निपाह भाइरसका ५ भन्दा बढी केस फेला परेका छन् र सयौँ व्यक्ति पीडितको सम्पर्कमा आएकाले त्रास छाएको छ। प्रदेश सरकारले भदौ २४ सेप्टेम्बरसम्म शैक्षिक संस्था बन्द गरेको छ ।स‌क्रमित क्षेत्रहरुमा आवतजावतमा रोक लगाइएको छ भने हिँडडुलमा पनि प्रतिबन्ध लगाइएको छ । 

निपाह भाइरस जनावरबाट मानिसमा सर्ने भाइरस हो। यो विशेष गरी चमेरोमार्फत फैलिन्छ। निपाहको पहिलो केस सन् १९९८ मा मलेसियामा सुँगुर पालक किसानमा भेटिएको थियो । यसको नाम मलेसियाको गाउँबाट बनाइएको थियो, जहाँ यसको पहिलो केस फेला परेको थियो।

डब्ल्यूएचओले यो भाइरसलाई इबोला, जिका र कोरोना भाइरसको श्रेणीमा राखेको छ। किनभने यसले महामारी फैलाउने क्षमता राख्छ। निपाह भाइरस सामान्यतया जनावर र दूषित खानाबाट सर्ने गर्छ तर हालै यो मानिसबाट सिधै मानिसमा पनि सर्ने गरेको देखिएको छ ।

सबैजना निपाह भाइरसको बारेमा चिन्तित छन् किनभने यो भाइरसको मृत्यु दर उच्च छ। पीडितको मृत्युदर ७५ प्रतिशत रहेको अनुमान गरिएको छ । चिन्ताको अर्को कारण यो हो कि अहिलेसम्म कुनै खोप जारी गरिएको छैन।

निपाह भाइरसका लक्षणहरू के के हुन् ? 

निपाह भाइरसमा पीडितलाई उच्च ज्वरो, बान्ता र सास फेर्न समस्या हुने गरेको छ । मामिलालाई अझ नराम्रो बनाउन पीडितको दिमागमा असर पर्न सक्छ र ऊ कोमामा समेत जान सक्छ।

निपाहबाट बच्न के गर्ने ? 

-कुनै पनि भाइरसबाट बच्ने सबैभन्दा सजिलो र सामान्य तरिका समय समयमा साबुन पानीले हात धुनु हो। यसले भाइरसको जोखिम कम गर्छ,

-मानिसको सम्पर्कमा नआउनु पनि निपाह भाइरसबाट बच्ने उपाय हो। लक्षणहरू देखाउने व्यक्तिहरूसँग विशेष गरी सावधान रहनुहोस्,

-आफ्नो खानेकुराको सधैं ख्याल राख्ने,

यदि आफैँमा निपाहको कुनै लक्षण देखिएको छ भने डाक्टरसँग परामर्श गर्नु पर्दछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend