२२ मंसिर २०८०, शुक्रबार

काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा ४ जनाको हत्या

लेखाजोखा न्यूज

३० भाद्र २०८०, शनिबार ६:१९

काठमाडौं।  काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा ४ जनाको हत्या भएको छ।

हत्या हुनेमा दुई जना पुरुष र दुई जना महिला रहेको प्रहरीले जनाएको छ।

धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा ४ जनाको शव भेटिएको हाे।

गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र ४ जनाको शव फेला परेको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन् । गए राति १२ बजेतिर घटना भएको बताइएको छ । घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend