५ असोज २०८०, शुक्रबार

उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस, काे-काे परे ?

लेखाजोखा न्यूज

२९ भाद्र २०८०, शुक्रबार ३:५८

काठमाडौं । न्याय परिषद्को बैठकले उच्च अदालतको रिक्त न्यायाधीश नियुक्तिका लागि २७ जनाको नाम सिफारिस गरेको छ। प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको परिषद्को बैठकले सिफारिस गरेको हो।

न्याय ,कानुन, सरकारी वकिल, कानुन व्यवसायी र कानुन मन्त्रालयसहितका योग्यता पुगेका व्यक्तिलाई समेटेर नियुक्तिको सिफारिस गरिएको न्याय परिषद्ले जनाएको छ।

लामो समयदेखि उच्च अदालतमा न्यायाधीश नियुक्ति हुन सकेको थिएन। २०७८ सालदेखि रोकिएको न्यायाधीश नियुक्तिको गाँठो प्रधानन्यायाधीश श्रेष्ठले फुकाएका हुन्। यो सँगै अब उच्च अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्चसम्म नियुक्तका लागि सिफारिस सुरु हुने देखिन्छ।

परिषद्‌मा अध्यक्षको रुपमा प्रधानन्याायधीश श्रेष्ठ ,कानुनमन्त्री धनराज गुरुङ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्याय परिषद्का दुई सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी रहेका छन्।

No description available.

No description available.

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend