११ असोज २०८०, बिहिबार

हेटौँडा अस्पतालका ७८ चिकित्सकले दिए सामूहिक राजीनामा, स्वास्थ्य सेवा ठप्प

लेखाजोखा न्यूज

२९ भाद्र २०८०, शुक्रबार १२:१२

मकवानपुर। हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्।

कुटपिटको विरोधमा हेटौंडा अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका हुन्।

चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा बुझाएका छन्।

अस्पताल भित्रै प्रवेश गरेर उपचारमा खटिएका डाक्टर माथि आक्रमण हुँदा पनि प्रहरी प्रशासनले कारवाहीका लागि सक्रिएता नदेखाएकोले सामूहिक रूपमा राजीनामा दिएकाे उनीहरूकाे भनाइ छ।

सो पत्र अझैसम्म प्रमुख जिल्ला अधिकार समक्ष भने नपठाएको मेडिकल सुपरिटेन्डेन्ट सापकोटाले जानकारी दिए। समय र परिस्थिति अनुसार राजीनामा पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाइने उनले बताए।

साथै, कुटपिटको विरोधमा मकवानपुरका स्वास्थ्य संस्थामा शुक्रबार आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प भएका छन् ।

चिकित्सकहरुको आन्दोलनका कारण स्वास्थ्य सेवा ठप्प भएपछि यहाँका सेवाग्राही भने मारमा परेका छन् ।

भदौ २७ गते हेटौंडास्थित सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको थियो । डाक्टरहरू गम्भीर घाइते भए पनि दोषीमाथि कानुनी कारबाही नभएको भन्दै चिकित्सकहरूले विरोध गरेका हुन्।

डेंगीका कारण एक महिनाअघि मृत्यु भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हुन् । साउन २२ गते सञ्चो अस्पतालमा भर्ना गरिएका प्रधानको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भोलिपल्ट चितवन रेफर गरिएको थियो । प्रधानलाई दोस्रो पटक डेंगी संक्रमण पुष्टि भएको थियो भने उनी मधुमेह र उच्च रक्तचापका पनि बिरामी थिए । उनको साउन २५ गते चितवन मेडिकल कलेजमा उपचार क्रममा निधन भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend