११ असोज २०८०, बिहिबार

कान्ति अस्पतालमा चिकित्सकको लापरवाहीले बालिकाको मृत्यु भयो : स्वास्थ्यमन्त्री बस्नेत

लेखाजोखा न्यूज

२९ भाद्र २०८०, शुक्रबार ११:१४

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकको लापरवाहीले कान्ति बाल अस्पतालमा उपचार गराउन लगिएकी बालिकाको मृत्यु भएकाे बताएका छन्।

उनले स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालिकाको मृत्यु भएको देखिएकाले आफूले कारबाहीका लागि निर्देशन दिइसकेको बताए।

शुक्रबार जनसंख्या तथा विकाससम्बन्धी राष्ट्रिय सम्मेलनको उद्‌घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा अनुसन्धान गरी लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाहीको निर्देशन दिइएको बताएका हुन्। ‘कान्ति बाल अस्पतालमा स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको हो। मैले कारबाहीका लागि निर्देशन दिइसकेको छु,’ मन्त्री बस्नेतले भने।

काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की ५ वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले भदौ १८ गते  साँझ ५ बजे बजे कान्तिको इमर्जेन्सी कक्षमा पुर्‍याएका थिए। २ घन्टासम्म कुर्दा पनि उपचार नपाएपछि सोही साँझ ७:१० बजे रेजिशाको मृत्यु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend