५ असोज २०८०, शुक्रबार

राजतन्त्र पुनर्स्थापनाकाे माग गर्दै राप्रपा नेपालले आज प्रदर्शन गर्ने

लेखाजोखा न्यूज

२९ भाद्र २०८०, शुक्रबार ८:३५

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज विरोध प्रदर्शन गर्दैछ । 

भर्खरै संवैधानिक राजतन्त्रको एजेन्डामा फर्किएको कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

संवैधानिक राजतन्त्रको पुनर्स्थापना, हिन्दु राष्ट्रको माग र संघीयताको खारेजी तथा भ्रष्टाचारको विरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार दिउँसो १ बजे भद्रकालीबाट प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा आएर विरोधसभामा परिणत हुनेछ । उक्त सभालाई अध्यक्ष थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend