११ असोज २०८०, बिहिबार

एसिया कप : शीर्ष चारको अन्तिम खेलमा भारत र बंगलादेश भिड्दै

लेखाजोखा न्यूज

२९ भाद्र २०८०, शुक्रबार ८:००

काठमाडौं। एसिया कपको शीर्ष चार अन्तर्गतको अन्तिम खेलमा आज भारत र बंगलादेशबीच खेल हुँदै छ।

श्रीलंकाको आर प्रेमदासा स्टेडियममा यो खेल अपराहन्न ३: १५ बजेदेखि हुने छ।

प्राविधिक रुपमा यस खेलको नतिजाले कुनै असर भने गर्ने छैन। किनकी भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ भने बंगलादेश एशिया कपको फाइनलको दौडबाट यसअघि नै बाहिरिइसकेको छ ।

बंगलादेशले यसअघि खेलेको पाकिस्तान र श्रीलंकासँग हार बेहोरेको थियो भने भारतले पाकिस्तान र श्रीलंका दुवैलाई पराजित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend