११ असोज २०८०, बिहिबार

एसिया कप : भारतले पाकिस्तानलाई दियो ३ सय ५७ रनको विशाल लक्ष्य

लेखाजोखा न्यूज

२५ भाद्र २०८०, सोमबार ७:२६

काठमाडौं । एसिया कपको सुपर फोर अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई जितको लागि विशाल लक्ष्य दिएको छ ।

श्रीलंकाको कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले पाकिस्तालाई ३ सय ५७ रनको लक्ष्य दिएको हो । भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३ सय ५६ रन बनायो ।

भारतको लागि विराट कोहली र लोकेश राहुलको सानदार शतक बनाए । विराट कोहलीले ९४ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २२ रनको सानदार शतकीय इनिङ खेले । लोकेश राहुलले १ सय ६ बलमा १२ चौका र २ छक्कासहित १ सय ११ रनमा नट आउट रहे ।

भारतलाई पहिलो दिन आइतबार नै ओपनर रोहित शर्मा र शुभमन १६ ओभार चार बलमा १ सय २१ रनको शानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । रोहित शादब खानको बलमा फहिम अशरफबाट क्याच आउट भएका थिए ।

कप्तान रोहित शर्मा ४९ बलमा ६ चौका र ४ छक्कासहित ५६ रनमा आउट भए । युवा ब्याटर शुभमन गिल ५२ बलमा १० चौकासहित ५८ रनमा आउट भए ।

पाकिस्तानका शादब खान र शाहिन शाहले समान एक–एक विकेट लिए ।

आइतबार वर्षाको कारण भारतले २४ ओभार १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा खेल स्थगित भएको थियो । त्यसै अवस्थादेखि खेल सुरु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend