काठमाडौं। गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्ध प्रतिलिपि अधिकारको मुद्दा जितेका छन् ।
जिल्ला अदालत काठमाडौंले प्रतिलिपी अधिकार उल्लंघनको विषयमा विन्धवासिनी म्यूजिक प्रा.लि.का सञ्चालक लिला शर्मा रेग्मी र सुवास रेग्मीलाई दोषी ठहर गरेको छ।
न्यायाधीश उत्तम सिलुवालको इजलासले उनीहरुलाई प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा दोषी ठहर गरेको हो ।
जिल्ला अदालतले उनीहरुमाथि ३ वर्षभन्दा बढी कैद हुने भएपछि सजाय निर्धारणका लागि फेरि सुनुवाइ गर्न आदेश दिएको छ ।
गायक प्रमोद खरेलले आफूमा निहित प्रतिलिपी अधिकारको विन्धवासिनी म्यूजिक प्रालीले दुरुपयोग गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए ।
त्यसका आधारमा सरकारी वकिलले उनीहरुमाथि मुद्दा चलाएका थिए ।
विन्ध्यवासिनी म्युजिकले कम्पनीले निर्माण गरेको गीतसंगीत बिनाअनुमति प्रमोदले स्टेजमा गाउँदै हिँडेको भन्दै रेग्मीले १ करोड क्षतिपूर्ति माग राखेर उजुरी दिएका थिए। त्यसपछि प्रमाेदले पनि कानुनी बाटाे राेजेका हुन् ।