५ असोज २०८०, शुक्रबार

भारतसँग खेल्न पाकिस्तानबाट श्रीलंका पुग्यो नेपाली टोली (तस्बिरहरू)

लेखाजोखा न्यूज

१४ भाद्र २०८०, बिहिबार १२:५४

काठमाडाैं। एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्न नेपाली राष्ट्रिय टोली श्रीलंका पुगेको छ ।

एसिया कपमा पाकिस्तानविरुद्ध बुधबार खेलेको नेपाली टोली चार्टर फ्लाइटमा आज बिहान श्रीलंकातर्फ पुगेकाे हाे।

बुधबार समूह ’ए’ को आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग २३८ रनको भारी अन्तरले पराजित भएको थियो ।

नेपालले भारतसँग भदौ १८ मा खेल्नेछ । खेल श्रीलंकाको क्यान्डीमा हुनेछ।

त्यसअघि यो समूहको अर्को खेलमा प्रमुख प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्नेछन् । यो खेल भदौ १६ मा श्रीलंकामै खेल हुनेछ ।

 

 

तस्बिर : श्रीलंकन क्रिकेट बोर्ड

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend