गरिब देशलाई खोपमा सहयोग गर्न डब्ल्यूएचओको आग्रह

लेखाजोखा न्युज
१ जेष्ठ २०७८, शनिबार ०६:२४

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बालबालिका तथा किशोर किशोरीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले बालबालिका तथा किशोर किशोरीका लागि खोप दिनुको सट्टा गरिब देशका वयस्क मानिसको लागि सहयोग गर्न धनी देशहरुलाई आग्रह गरेका हुन्। उनले कोरोना विरुद्धको खोपको वितरण असमान् रहेको भन्दै पहुँच कम भएका मानिसलाई खोप पुर्याउन कोभ्याक्सका लागि आपूर्ति बढाउन आग्रह पनि गरे ।

अमेरिका लगाएत केहि देशले १२ देखी १५ वर्षका किशोर किशोरीलाई खोप दिने घोषणा गरेको थियो । यसबाट कम आय भएका देशका वयस्क मानिसले खोप पाउने समय पर धकेलिने भन्दै डब्ल्यूएचओले अहिले वयस्क मानिस नै खोपको आवश्यकतामा रहेको भनिएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com