ओली-नेपाल वार्ता सकियो, के-के भयो सहमति ?

लेखाजोखा न्युज
३१ बैशाख २०७८, शुक्रबार २१:५७

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच भएको वार्ता सकिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओली र नेता नेपाल पक्षबीच लामो समयदेखि देखिएको विवाद अन्त्यको प्रयासस्वरुप दुईपक्षबीच छलफल भएको थियो ।

छलफलमा पार्टीलाई एकतावद्ध बनाउने विषयमा छलफल भएको नेताहरुले जनाएका छन् । बैठकले जेठ २ गते अघिका कुरालाई आधार बनाएर छलफल गर्ने सहमति गरेको नेता भीम रावलले जानकारी दिए ।

त्यसका लागि कार्यदल बनाइने र कार्यदलमा को को रहने भनेर ओली र नेपालले टुङ्ग्याउने उनले बताए । ओली र नेता नेपालबीच बिहीबार पनि छलफल भएको थियो ।

बूढानीलकण्ठस्थित एक व्यापारीको घरमा भएको वार्ताले पार्टीको विवाद समाधानका लागि कार्यदल बनाउने समझदारी भएको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com